समाचारबिहीबार, साउन २८, २०७२
सल्यानमा चौथो दिन पनि आन्दोलन

अखण्डमध्यपश्चिमको माग गर्दै सल्यानमा चौथो दिन पनि आन्दोलन जारी छ ।
प्रस्तावित ६ नम्बर (सुदूरपश्चिम) क्षेत्रमा पारिएको विरोधमा सल्यानमा जारी आन्दोलनले सुर्खेत वा दाङमध्ये जुन स्थानमा प्रान्तीय राजधानी बनाइए पनि आफूहरुलाई मान्य हुने तर, मध्यपश्चिमाञ्चल अखण्ड नै रहनुपर्ने माग राखेको छ ।
यसअघि सल्यानको पश्चिमी क्षेत्रका वासिन्दाले सुर्खेत र पूर्वी क्षेत्रकाले दाङ प्रान्तीय राजधानी हुनु पर्ने माग गर्दै आएकोमा २८ साउनमा बसेको नेपाली कांग्रेस, एमाले र एमाओवादीका जिल्ला नेताहरुको बैठकले दाङ् वा सुर्खेत जहाँ राजधानी भए पनि फरक नपर्ने तर मध्यपश्चिम अखण्ड नै राख्नुपर्ने निर्णय गरेका छन् ।
उक्त निर्णयपछि तीनवटै दल अन्य राजनीतिक दलहरु, नागरिक समाज, व्यवसायी र सर्वसाधारणसँग मिलेर संयुक्तरुपमा आन्दोलनमा उत्रिएका छन् ।
