समाचारबिहीबार, साउन २८, २०७२
पोखरेल प्राधिकरण सीईओ
मन्त्रिपरिषदले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गरेको छ ।
२७ साउन साँझ बसेको बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बताए । उनका अनुसार प्राधिकरणको सदस्यहरुमा गृहमन्त्री बामदेव गौतम, अर्थमन्त्री रामशरण महत, सहरी विकास मन्त्री नारायण खड्का र पयर्टनमन्त्री कृपाशुर शेर्पा नियुक्त भएका छन् ।
बैठकले प्राधिकरण सदस्यमा तारानीधि भट्टराईलाई पनि नियुक्त गरेको छ । यसअघि, प्रधानमन्त्री नै प्राधिकरणको अध्यक्ष रहने निर्णय भइसकेको छ ।
-कपिल भट्ट
