समाचारबुधबार, कार्तिक २९, २०६९
आज गाई–गोरु पूजा, म्हः पूजा पनि आजै
गाईलाई लक्ष्मीको प्रतीकका रूपमा सिंग, खुरमा तेल र जीउमा रातो पहेंलो छाप लगाई पूजा गर्ने परम्परा नेपाली समाजमा छ ।
यसैगरी वर्षभरि हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ ।
यस्तै आज नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण सदस्य बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ यो पूजा गरिँदै आएको छ ।
आजकै दिनदेखि नेपाल संवत्को नयाँ वर्ष प्रारम्भ हुन्छ ।

