समाचारशुक्रबार, साउन २९, २०७२
मिल्न बाँकी विवाद विशेष समितिले टुंग्याउने
नयाँ संविधानको मिल्न बाँकी विषयहरु विशेष समितिले चाँडै टुंग्याउने निर्णय गरेको छ ।
मस्यौदा समितिले संशोधित मस्यौदा तयार पारिसक्दा विवाद पनि हल गरिसक्ने निर्णय भएको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताए ।
उनका अनुसार धर्म, थ्रेसहोल्ड र पुनःनियुक्तिको विषय विशेष समितिले टुंग्याउने छ । पाँच दिनको समय पाएको मस्यौदा समितिले संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदन अनुसार परिमार्जित मस्यौदा बनाउने कार्य पनि थालेको छ ।
संविधानसभाले ३२ साउनभित्र परिमार्जित मस्यौदा तयार पार्न मस्यौदा समितिलाई समय दिएको छ ।
