समाचारशुक्रबार, साउन २९, २०७२
अखण्ड रुकुम प्रस्तावित ५ नं. प्रदेशमा राख्न माग गर्दै छैठौं दिन पनि आम हडताल

तस्वीर: लक्ष्मण केसी
संघीयता लागू गर्दा रुकुमलाई नटुक्र्याउन र प्रदेश नम्वर ५ मै राख्न माग गर्दै छैटौं दिन पनि रुकुममा प्रदर्शन भएको छ ।
रुकुमको पश्चिमी भाग टुक्र्याएर प्रस्तावित ६ नम्बर प्रदेशमा राखिएपछि २४ साउनबाट शुरु भएको आमहड्ताल कायमै राखेर नागरिकहरु आफूहरुलाई पाएक पर्ने प्रदेश ५ मा सिंगो रुकुमलाई राख्न माग गरिरहेका छन् ।
माग पुरा नभए सम्म आन्दोलन जारी रहने अखण्ड रुकुम संर्घष समितिले जनाएको छ ।
आम हडतालले रुकुमको खलंगा, बागबजार, सल्ले, मुसिकोट लगायतका बजारहरु ठप्प छन् ।
आन्दोलनलाई व्यवस्थित बनाउन संघर्ष समितिले १०१ सदस्यीय आन्दोलन परिचालन समिति पनि गठन गरेको छ ।
आमहडतालका क्रममा अहिलेसम्म कुनै हिंसात्मक घटना भने भएको छैन ।
लक्ष्मण केसी, रुकुम
