समाचारशनिबार, साउन ३०, २०७२

नवलपरासीः एमाले पार्टी कार्यालय तोडफोड

हिमालखबर

नेकपा एमालेको नवलपरासी जिल्ला पार्टी कार्यालयमा तोडफोड भएको छ ।

२९ साउन साँझ बन्दकर्ताहरुले एमाले पार्टी कार्यालयमा ढुङ्गा प्रहार गरी तोडफोड गरेका हुन् । आन्दोलनकारीहरु एमाले कार्यालय पुगेर तोडफोड गर्न थालेपछि त्यसलाई रोक्नका लागि प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको थियो ।

थरुहट राज्यको माग गर्दै थारु कल्याणकारिणी सभा र केही मधेश केन्द्रित दलको आह्वानमा भएको बन्दका क्रममा परासी बजारस्थित एमाले कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका हुन् ।

कार्यालयमा प्रहरीहरु भएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।

“उनीहरु कार्यालयमा आगो लगाउने योजनाका साथ पुगेका रहेछन्, तर प्रहरीको सावधानीका कारण कुनै ठूलो क्षति भएन मैनालीले भने, “प्रहरीले दुइ राउण्ड हवाइफायर गरेपछि आक्रमणकारी भागे ।”

आन्दोलनले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध हुन थालेपछि त्यहाँ रहेका सबै खालका अवरोध हटाएर यातायात सुचारु पारिएको पनि प्रमुख जिल्ला अधिकारी मैनालीले दाबी गरे ।
विद्रोही गिरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>