समाचारशनिबार, साउन ३०, २०७२

दुई दर्जन आन्दोलनकारी प्रहरी नियन्त्रणमा

हिमालखबर

भैरहवामा बन्द गराउँदै हिंड्ने तथा सवारी साधनमा तोडफोड गर्ने २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

३० साउन दिउँसो भैरहवाबाट बुटवल जाँदै गरेको लु१ख ३०६४ र लु१ख ३५४१ नम्बरको बसमा तोडफोड गरेर क्षति पुर्‍याएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

थरुहट सङ्घर्ष समिति र संयुक्त मधेशी मोर्चाले गरेको अनिश्चितकालीन तराई बन्दले तराईको जनजीवन नराम्ररी प्रभावित बनेको छ । यद्यपि बुटवल तथा पूर्व–पश्चिम राजमार्गमा बिनाअवरोध सवारी चलिरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

यसैबीच, थरुहट सङ्घर्ष समिति र संयुक्त मधेसी मोर्चाले आह्वान गरेको तराई बन्दको विरोधमा भैरहवामा विरोध र्‍याली निकालिएको छ ।

लगातारको बन्दका कारण उद्योगी, व्यवसायी, विद्यार्थी र दैनिक मजदुरी गरी खानेहरु प्रभावित बनेको भन्दै उनीहरुले बन्दको विरोध गरेको हुन् ।

भैरहवाको नारयणस्थानबाट सुरु भएको र्‍याली मिलनचोक, देवकोटाचोक, बसपार्क, आँखा अस्पताल, बर्मेलीटोल, बुद्धचोक हुँदै विद्रोही चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>