समाचारआइतबार, साउन ३१, २०७२

बन्द गराउँदै हिंडेका ६१ जना काठमाडौंबाट पक्राउ

हिमालखबर

बन्द गराउँदै हिँडेका ६१ जनालाई राजधानीका विभिन्न स्थानबाट बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

तीमध्ये पाँच जना तोडफोडमा संलग्न भएकै अवस्थामा नियन्त्रणमा लिएको पनि उनले बताए ।

बन्दकर्ताले राजधानीमा दुई बस तोडफोड गरेका छन् ।

त्यस्तै पत्रकार ऋषि धमला चढेको बा५च ४७७८ नंको कारमा पनि बन्दकर्ताले आक्रमण गरेका छन् ।

‘नेपालवाणी’ एफएम कार्यालयबाट फर्कने क्रममा वीर अस्पताल अगाडि आफ्नो सवारीसाधनमाथि आक्रमण भएको उनले जानकारी दिए ।

संविधानको मस्यौदाप्रति विरोध जनाउँदै नेकपा–माओवादीसहित मधेश र जनजातिकेन्द्रित पार्टीले संयुक्त रुपमा आयोजना गरेको बन्दले जनजीवन प्रभावित भएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>