समाचारआइतबार, साउन ३१, २०७२
जुम्लामा कर्फ्यू, सात जनालाई गोली लाग्यो
छुट्टै कर्णाली प्रदेशको माग गर्दै जुम्लामा ८ दिनदेखि जारी आन्दोलन हिंसात्मक हुँदै गएपछि स्थानीय प्रशासनले साँझ ५ः३० बजेदेखि भोली विहान ६ः३० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
प्रहरीले चलाएको गोली लागेर जुम्ला सदरमुकाम खलंगामा ७ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेकाले नेपालगञ्जतर्फ पठाइएको छ । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले २९ राउण्ड हवाई फायर गरेको थियो ।
लगातार ८ दिनदेखि आन्दोलन गरिरहँदा पनि सुनुवाई नभएको भन्दै आक्रोशित आन्दोलनकारीहरुले ३१ साउन दिउँसो सरकारी कार्यालयका साइनबोर्ड निकालेर फालिदिएका छन् ।
आन्दोलनकारीको आक्रमणबाट नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी ४ जना प्रहरी घाइते भएका छन् ।
