थप समाचारसोमबार, साउन ३२, २०७२
घुस लिंदै गर्दा भन्सारका नासु पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको अग्रौला छोटी भन्सार कार्यालयका नायब सुब्बालाई घुस लिंदै गर्दा पक्राउ गरेको छ ।
अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालय भीमदत्तनगरले दिएको जानकारीअनुसार भारतबाट नेपाल आयात गरिने सामान बिना भन्सार आउन दिने भन्दै सेवाग्राहीबाट लिएको रु २१ हजार नगदसहित उक्त छोटी भन्सार कार्यालयका नासु यादव श्रेष्ठ पक्राउ परेका हुन् ।
कार्यकक्षमै घुस लिँदालिँदै पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
रासस
