समाचारसोमबार, साउन ३२, २०७२

गुल्मी बन्द फिर्ता

हिमालखबर

रेसुङ्गा मेला भर्न आएका श्रद्धालु । तस्वीर: गगनशीला खड्का

रेसुङ्गा मेला भर्न आएका श्रद्धालु । तस्वीर: गगनशीला खड्का

बन्दको दोस्रो दिन गुल्मीमा भने बन्द फिर्ता भएको छ ।

वैद्य नेतृत्वको नेकपा–माओवादीसहित केही जनजाति र मधेशकेन्द्रित दलले आह्वान गरेको दुई दिने नेपाल बन्दको दोस्रो दिन स्थानीय साउने मेलालाई ध्यानमा राखी बन्द फिर्ता लिइएको नेकपा–माओवादी गुल्मीका इन्चार्ज बीरबहादुर कार्कीले बताए ।

गुल्मीको रेसुङ्गामा जारी एक महिने साउने मेला ३२ साउनमा समापन हुने भएकाले यस दिनको महत्वलाई ध्यानमा राखि बन्द फिर्ता लिएको उनले जानकारी दिए ।

रेसुङ्गामा लाग्ने एक महिने साउन मेलामा जिल्ला र वरपरका विभिन्न भागबाट आएकाहरु फर्किने हुँदा रुरु रेसुङ्गा तथा पर्यटन विकास समितिले बन्द फिर्ता गर्न आग्रह गरेको थियो ।

गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>