समाचारसोमबार, साउन ३२, २०७२
बन्दकर्ता दलहरुले विरोधसभा गर्ने
दुई दिने नेपाल बन्द आह्वान गरेका दलहरुले आज दिउँसो ३ बजे काठमाडौंको शान्ति बाटिकामा विरोध सभा गर्ने भएको छ ।
नेकपा–माओवादीका प्रवक्ता पम्फा भूसालका अनुसार संयुक्त विरोधसभाको तयारी भइरहेको हो । ६ प्रदेशको सीमाकंनसहितको संविधानको विरोध गर्दै नेकपा–माओवादी, मधेश केन्द्रित र जनजाति पार्टीहरुले आह्वान गरेको नेपाल बन्दले उपत्यकाको जनजीवनमा आंशिक प्रभाव परेको छ ।
बन्दकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सवारी अवरोध हटाउने प्रयत्न गरिएपनि सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा सर्वसाधरण प्रभावित छन् ।
बन्दकर्ता दलले संयुक्त विरोधसभाको तयारी थालेपछि बन्द भने दिउँसो १ बजेबाट खुल्न सक्ने एक नेताले बताए । बन्दको दोस्रो दिन आज उति धेरै प्रभाव देखिएको छैन ।
