समाचारसोमबार, साउन ३२, २०७२
बन्द गराउँदै हिँडेका ८० जना पक्राउ
जबर्जस्ती बन्द गराउँदै हिँडेका ८० जनालाई राजधानीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको रत्नपार्कबाट ७२ र ललितपुरबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले बताए ।
बन्दकर्ताले कालीमाटीमा भारतीय नम्बर प्लेटको एक बुलेरो, चाबहिलमा एक सार्वजनिक बस र पाटनमा एक निजी भ्यानमाथि तोडफोड गरेको उनले बताए ।
अघिल्लो दिनको तुलनामा आज उपत्यकाको जनजीवन सामान्य छ । निजी तथा भाडाका सवारी साधन केही सङ्ख्यामा चलेका छन् । रासस
