समाचारबुधबार, कार्तिक २९, २०६९
दाहालले फेरि भने– मलाई कुर्सी मोह छैन
२९ कार्तिकमा देउसी भैलो खेल्ने दाहालनिवास लाजिम्पाट पुगेको रिपोर्टर्स क्लबको टोलीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू राष्ट्रपति वा प्रधानमन्त्री बन्ने दौड नरहेको बताए। उनले दाबी गरे, “कुनै पनि कुर्सीको मलाई मोह छैन”
दलहरुको चाहना अनुसार मुलुकलाई छिटो निकास दिन आफू प्रयासरत रहेको भन्दै अध्यक्ष दाहालले सहमतिका लागि आफूले धेरै विकल्प अघि सारेपनि त्यसमा नेपाली कांग्रेस र नेकपा एमाले सहमत नभएको आरोप लगाए । “सबै कुरामा सहमति बने पनि सरकारका विषयमा आएर कुरा अड्किएको छ,” दाहालले भने । एकीकृत नेकपा माओवादीका कुनै नेतालाई होच्याएर सहमति गर्नु राम्रो नहुने उनको भनाइ थियो ।
वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको बनाएर मुलुकलाई निकास दिनुपर्ने जिकिर गर्दै कांग्रेस र एमालेलाई मन्त्रालय रोजेर लिन आग्रह गरे ।
