समाचारबुधबार, कार्तिक २९, २०६९

सरकार नै सहमतिको बाधकः अध्यक्ष खनाल

हिमालखबर

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले दीपावलीको अवसरमा २९ कार्तिकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले सत्ता नछाडेसम्म कुनै सहमति नहुने बताए ।

उनले भने, “राजनीतिक सहमतिको मुख्य बाधक सर्वसत्तावादी चरित्र भएको वर्तमान सरकार नै हो, तसर्थ प्रधानमन्त्रीले पदत्याग नगरेसम्म कुनै पनि सहमति हुँदैन ।”

देशमा संसद् नभएको बेलामा सहमति गरेरमात्रै बजेट ल्याउनुपर्नेमा सरकारले सर्वसत्तावाद लाद्ने दुस्प्रयासअनुसार सहमतिबिना नै बजेट ल्याउन खोजेको उनको भनाइ थियो ।

राष्ट्रिय सहमतिको सरकार नबने वैशाखमा पनि निर्वाचन हुने सम्भावना नरहेको बताउँदै उनले वर्तमान सरकार चुनाव पनि नगराउने, शान्ति र संविधान निर्माणको जिम्मेवारी पनि पूरा नगर्ने र निरन्तर यही रूपमै सर्वसत्तावाद लाद्दै सरकार लम्ब्याउने योजनामा रहेकाले सहमति नभएको खनालले दाबी गरे ।

“एमाओवादीको यो प्रवृत्तिविरुद्ध तिहार सकिएलगत्तै राष्ट्रव्यापी जनआन्दोलन चर्काइने छ,” अध्यक्ष खनालले थपे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>