समाचारबिहीबार, भाद्र ३, २०७२

बाँकेः ६ वटा गाडी तोडफोड, चारजना घाइते

हिमालखबर

बाँकेको नेपालगञ्ज कोहलपुर सडकखण्डमा २ भदौ राति एम्बुलेन्स र पत्रिका बोक्नेसहित ६ वटा गाडी तोडफोड भएका छन् ।

नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेका बा १३ च ४१६१ नम्बरको बलेरो जिप, बा २ ख २०८७ नम्बरको हाइस, बा १ ख ४१०१ नम्बरको ट्रक, भे १ ज ४०१ नम्बरको म्याजिक भ्यान, भे १ च १६०२ नम्बरको एम्बुलेन्स र नागरिक दैनिक पत्रिका बोक्ने गाडी तोडफोड भएको कोहलपुर प्रहरीले जनाएको छ ।

तोडफोड गर्नेहरुले गाडिमा रहेका ४ जनामाथि कुटपिट गरी  घाइते बनाएका  छन् । गम्भीर घाइते डोल्पा, रिमी– ५ का २२ वर्षीय धनराज ऐरीलाई काठमाण्डौं पठाइएको छ । अन्य घाइतेहरु ललितपुर प्युठा– ८ का २५ वर्षीय नविन चापागाई, टिटिहिरिया–६ का ३२ वर्षीय माधवराम थारु र सुर्खेत मेहलकुना ३ की तारा नेपालीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।

तोडफोडमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

थरुहट प्रदेशको माग गर्दै आन्दोलन गरिरहेको संघर्ष समिति बाँके अध्यक्ष चन्द्रबहादुर थारुले तोडफोडमा आफूहरुको संलग्नता नरहेको दाबी गरेका छन् ।

उनले आन्दोलनलाई बद्नाम गराउन अरुकसैले तोडफोड गरेको हुन सक्ने बताए ।

थरुहट संघर्ष समितिले ४ भदौसम्म बाँकेमा आमहड्ताल आह्वान गरेको छ ।

केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>