समाचारबुधबार, कार्तिक २९, २०६९
सहमतिको शर्त, सरकारको बहिर्गमनः कोइराला
नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले २९ कार्तिकमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहमतिको एकमात्र आधार प्रधानमन्त्रीको राजीनामा भएको बताए ।
वर्तमान सरकार र सत्तारुढ दल एमाओवादीले विश्वासको वातावरण भत्काइसकेको भन्दै कोइरालाले थपे , “प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान विपरीत कार्य गर्दै गइरहेका छन्, त्यस अवस्थामा उनले पद त्याग गरेर राजनीतिक सहमतिका लागि मार्ग प्रशस्त गरेमात्र सहमति बन्नसक्छ ।” उनले सरकार सर्वसत्तावादी चरित्रबाट मुक्त हुनुपर्नेमा पनि जोड दिए ।
सरकारविरुद्ध आन्दोलनको घोषणा गरिसकेको उल्लेख गर्दै कोइरालाले वर्तमान सरकारले सत्ता नछाडे घोषित आन्दोलनले घुँडा टेकाएरै छाड्ने दाबी गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले सर्वसत्ताबाद लाद्न खोजेको र आगामी निर्वाचनलाई समेत असर पर्ने गरी बजेट ल्याउन खोजेको आरोप लगाएका थिए । रासस
