समाचारबिहीबार, भाद्र ३, २०७२

भैरहवामा गोली चल्यो, केही प्रदर्शनकारी घाइते

हिमालखबर

संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवा अहिले तनावग्रस्त छ ।

आन्दोलनमा उत्रिएका बन्द आह्वानकर्ता शान्तिपूर्ण आन्दोलन छाडी तोडफोड र आगजनीमा उत्रिएपछि भैरहवाको स्थिति तनावपूर्ण बनेको हो । बन्दकर्ताले भैरहवाका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन् ।

आन्दोलनकारीले भैरहवाको सिटी हस्पिटलसहित आधा दर्जनभन्दा बढी होटल र बसमा तोडफोड गर्नुका साथै मोटरसाइकल जलाएका छन् ।

उनीहरुले भैरहवाको कासी सिनेफेलेक्स, नान्स होटल, होटल क्यास्टललगायतका होटलका सिसा ताेडफाेड गरेका छन् । त्यसैगरी, रुपन्देहीको बेलहियामा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

बन्दकर्ताले बेलहियाका स्थानीय व्यवसायीहरुका सामान तोडफोड गर्न खोजेपछि स्थिति सामान्य बनाउन चारवटा अश्रु ग्यास र दुईवटा रबर बुलेट प्रहार गरेको प्रहरीले जनाएको छ । आन्दोलनमा दुईजना गम्भीर र ५ जना सामान्य घाइते भएको प्रहरी स्रोतले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>