समाचारशुक्रबार, भाद्र ४, २०७२
गोली लागेका विश्वासको स्वास्थ्य अवस्थामा सुधार
सप्तरीमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर चिन्ताजनक अवस्थामा अस्पताल भर्ना भएका भारदहका नारायण विश्वासको स्वास्थ्यमा सुधार आएको छ ।
विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका सप्तरीको भारदहका राजदेव नारायण विश्वासको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको हो ।
अस्पतालका चिकित्सक श्यामकुमार रौनियारका अनुसार चिन्ताजनक अवस्थामा अस्पताल ल्याइएका विश्वासको दुबै तिघ्रामा गोली लागेको थियो ।
अहिले विश्वासको स्वास्थ्य अवस्था खतरामुक्त र सुधारोन्मुख हेको चिकित्सक रौनियारको भनाइ छ ।
संविधान निर्माण प्रक्रियामा विरोध जनाउँदै मधेशी मोर्चाले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा १ भदौमा प्रहरीको गोलीबाट भारदहका राजीव राउतको मृत्यु भएको थियो भने राजदेव नारायणलगायत ६ जना घाइते भएका थिए । अन्य घाइतेको अवस्था सामान्य छ ।
रासस
