समाचारशुक्रबार, भाद्र ४, २०७२

हिन्दू राज्य माग्दै ओली निवासमा शङ्ख बज्यो

हिमालखबर

नयाँ संविधानमा धर्म निरपेक्ष हटाएर हिन्दू राज्य लेख्न माग गर्दै आज बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा शङ्ख बजाइएको छ ।

ओमकार समाजको नेतृत्वमा आएको समूहले ओली निवासमा पुगेर शङ्ख बजाउँदै हिन्दू राज्यको माग गरेका हुन् । हिन्दू राज्यको माग गर्दै ओली निवास पुगेको टोलीमध्येका ११ जना पण्डितले शङ्ख बजाएका थिए ।

शङ्ख बजाउँदै ९४ प्रतिशत हिन्दू धर्मावलम्बी भएको देशलाई धर्म निरपेक्ष गर्न पाइन्न, हिन्दू राज्यको माग गरेका थिए ।
उनीहरुले एमाले अध्यक्ष ओलीलाई भेटेर नयाँ संविधानमा हिन्दू राज्य लेखिनुपर्ने माग राखेको समाजका प्रतिनिधिहरुले जानकारी दिएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>