समाचारशुक्रबार, भाद्र ४, २०७२
गच्छदार नआएपछि विशेष समितिको बैठक बस्न सकेन
मधेशी जनाधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदार अनुपस्थित भएपछि विशेष समितिको बैठक बस्न सकेन ।
विशेष समितिको बैठकले आजै विवादित विषयमा सहमति कायम गर्नेगरी छलफल अघि बढेको थियो । तर, विशेष समितिको छलफलमा प्रस्तावित सीमाकंनसहितको सात प्रदेशमा असन्तुष्टि जनाउँदै गच्छदार बैठकमा नआएपछि बैठक बस्न नसकेको हो ।
बैठकका लागि आएका शीर्ष नेताहरु आएपनि गच्छदार अनुपस्थित रहे । संविधानको अन्तिम मस्यौदा तयार पार्न संविधानसभाले थप गरेको चार दिनको समय पनि आजै सकिदैछ । यसअघि, संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले बुझाएको प्रतिवेदनलाई अन्तिम मस्यौदामा समेट्न संविधानसभाले पाँच दिनको समय दिएको थियो ।
गच्छदारले भने अहिले ४ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनले विशेष समितिले प्रस्ताव गरेको सीमाकंनसहितको प्रदेशमा सहमति जनाउँदै आन्दोलनमा जाने जनाएका छन् ।
