समाचारशुक्रबार, भाद्र ४, २०७२
मस्यौदा समितिका दुई तिहाई बढी सदस्य जनजाति आयोगको पक्षमा
मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई समितिका दुई तिहाई बढी सदस्यहरुले जनजाति आयोग गठनको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।
समितिका ७५ मध्ये ५१ सदस्यले हस्ताक्षर बुझाएका छन् ।
हस्ताक्षर गर्नेमा सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, आरजु राणा, गगन थापा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, प्रकाश ज्वाला, शेरधन राई, रामनारायण विडारी, हितराज पाण्डे, गणेशमान पुनलगायत छन् ।
-कपिल भट्ट, काठमाडौं
