समाचारशुक्रबार, भाद्र ४, २०७२
परिमार्जित मस्यौदा सभाध्यक्षलाई बुझाइयो
मस्यौदा समितिले नयाँ संविधानको परिमार्जित मस्यौदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएको छ ।
सीमाकंनसहितको सात प्रदेशमा प्रमुख तीन दलबीच सहमति जुटेपछि जनताको सुझाव समेटेर तयार पारिएको परिमार्जन मस्यौदा सभाध्यक्ष नेम्वाङलाई बुझाइएको हो । मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले सभाध्यक्ष नेम्वाङलाई परिमार्जित मस्यौदा बुझाएका हुन् ।
मस्यौदा बुझ्दै सभाध्यक्ष नेम्वाङले सबैको संविधान बनाउनका लागि अझै छलफल चलाउनुपर्ने बताए । उनले ६ भदौमा संविधानसभाको बैठक बोलाएका छन् ।
संविधानसभाले दुई पटक गरी दिएको ९ दिनको समयमा मस्यौदा समितिले नयाँ संविधानको मस्यौदा परिमार्जनसहित तयार पारेको छ ।
