समाचारशनिबार, भाद्र ५, २०७२
जाजरकोटमा बन्द फिर्ता, वातावरण सहज बन्दै
तीन दलका नेताबीच ४ भदौमा भएको सहमतिपछि जाजरकोट शान्त भएको छ ।
४ भदौ बेलुका नै यहाँ सहमतिको स्वागतमा दीपावलीसमेत गरिएको छ ।
५ भदौ बिहानैदेखि सडकमा यातायातका साधन चलेको छन् । बजार खुलेका छन् भने आइतबारदेखि विद्यालय खुल्ने संयुक्त आन्दोलन परिचालन समिति, जाजरकोटका राजेन्द्रविक्रम शाहले जानकारी दिए ।
जाजरकोटलाई सुदूरपश्चिमसँग मिलाएको भन्दै यहाँका नागरिक आन्दोलनमा उत्रिएका थिए ।
हप्ता दिनभन्दा बढी बन्दका कारण सदरमुकाम थन्किएका यातायातका साधन, यात्रु, आज बिहानैदेखि गन्तव्यमा लागेका छन् ।
