समाचारशनिबार, भाद्र ५, २०७२

रुपन्देही: सशस्त्र बेसक्याम्पमा आक्रमणको प्रयास

हिमालखबर

आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पमा आक्रमणको प्रयास गर्दा ५ भदौ साँझ केही बेर तनाव भएको छ ।

आन्दोलनकारीले लुम्बिनीदेखि करिब सात किलोमिटर टाढा नेपाल–भारत सीमा क्षेत्रमा रहेको कालिदहस्थित सशस्त्रको क्याम्पमा आक्रमण थालेको सूचना पाएर सहायतका लागि पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आन्दोलनकारीले बाटोमा अवरोध सिर्जना गरेका थिए ।

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का र सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पका प्रमुख भरत कोइरालासहितको टोलीलाई सडकमा सवारी साधन तेर्स्याएर उनीहरुले अवरोध गरेका थिए ।

अवरोध हटाउँदै कालिदह पुगेर फर्केको टोलीमाथि प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि समान्य बल प्रयोग गर्नु परेको सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पका प्रमुख प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।

त्यस्तै, प्रदर्शनकारीहरु एकाएक लुम्बिनी विकास कोषको दक्षिण क्षेत्रमा रहेको ६ नं ढोकाभित्रको सशस्त्रको क्याम्पमा आक्रमण गर्न पुगेका थिए ।

प्रहरीमाथि ढुङ्गा र बोतलले आक्रमण गर्दै क्याम्पभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो ।

घटनाका सम्बन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले लुम्बिनीमा केही तनावको अवस्था आएको बताए ।

यसअघि, प्रशासन र आन्दोलनकारीबीच प्रदर्शनलाई शान्तिपूर्ण बनाउने समझदारी भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>