समाचारशनिबार, भाद्र ५, २०७२

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने, आन्दोलनरत सबैलाई वार्तामा बोलाइने

हिमालखबर

शीर्ष नेता सम्मिलित विशेष समितिको बैठकमा सबै दललाई विश्वास र सहमतिमा लिएर संविधान जारी गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ५ भदौ साँझ बसेको तीन दलका नेताबीचको बैठकमा असन्तुष्ट दललाई कसरी सहमतिमा ल्याउने र संविधानको विधेयक परिमार्जन गरी सहमतिका साथ अघि बढाउने भन्ने बारेमा छलफल भएको एमाओवादी उपाध्यक्ष नाराणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोही वियषमा छलफल गर्न असन्तुष्ट मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग ६ साउन बिहान बैठक बस्नेछ । संविधान जारी हुने समय नजिकिँदै गर्दा प्रादेशिक सीमाङ्कनलगायत विषयलाई लिएर विभिन्न राजनीतिक दल विरोधमा उत्रिएका छन् ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, काँग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको उपस्थिति थियो ।

संविधान निर्माण लगायतका विषयलाई लिएर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने सहमति भएको पनि श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले मधेशी, जनजाती, थारु लगायत आन्दोलनरत सबै पक्षालाई वार्तामा आउन समेत अपील गर्ने छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>