समाचारआइतबार, भाद्र ६, २०७२
न्यायाधीश बमका हत्यारा साउदीबाट ल्याइए
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली हान्ने सुटर भगवान भन्ने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान ब्यूरोले साउदी अरबबाट काठमाडौं ल्याएको छ ।
साउदी अरबमा पक्राउ परेका स्माइलीलाई नयाँदिल्ली हुँदै ६ भदौ विहान काठमाडौं ल्याइएको हो ।
इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी भएका मगरलाई साउदी प्रहरीले पक्राउ गरेपछि जेल परेका थिए ।
चुरे भावरका तत्कालीन उपाध्यक्ष बाबु थापाको योजनामा भएको हत्यामा संलग्न थापासहित चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
न्यायाधीश बममाथि गोली हान्ने सुटर रामेछापका स्माइली भने रोजगारीका लागि साउदी अरब पुगेका थिए ।
उनलाई लिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) साउदी पुगेको थियो।
सर्वोच्च अदालतका न्यायाधीश बमको १८ जेठ ०६९ मा ललितपुरको यूएन पार्क नजिकै गोली हानी हत्या भएको थियो ।
* सच्याइएको
