समाचारबिहीबार, कार्तिक ३०, २०६९
नयाँ निर्वाचनको घोषणा मंसीरको दोस्रो हप्तामा: प्रधानमन्त्री
तिहारका अवसरमा दिदीबहिनीसँग टिका ग्रहण गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले मङ्सिरको पहिलो सातासम्म सबै विवादित विषयमा राजनीतिक सहमति जुट्ने र दोस्रो सातासम्ममा संविधानसभाको चुनाव घोषणा गरिने बताएका हुन् ।
यसअघि गत १४ जेठमा प्रधानमन्त्री भट्टराईले ७ मंसीरमा चुनाव गराउने घोषणा गरेका थिए । त्यो चुनाव नहुने निश्चित भइसक्दा पनि सरकारले अहिलेसम्म न त घोषणा फिर्ता लिएको छ न चुनावको नयाँ मिति घोषणा गर्न सकेको छ ।
त्यस्तै प्रधानमन्त्री भट्टराईले आज बिहान ११ बजेर ३३ मिनेटको शुभसाइतमा दिदी थिरकुमारी पराजुली र बहिनी पार्वती शर्माको हातबाट टीका लगाएका छन् । भाईटीकाका लागि प्रधानमन्त्री भट्टराई उनका भाई शिव भट्टराईको घर कोटेश्वर पुगेका थिए ।
