समाचारआइतबार, भाद्र ६, २०७२
फोरम लोकतान्त्रिकसहित मधेश केन्द्रित दलहरुद्वारा संविधानसभा बैठक बहिष्कार
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकसहित मधेश केन्द्रित दलहरुले संविधानसभा बैठक बहिष्कार गरेका छन् ।
२५ जेठमा दलहरुबीच सम्पन्न १६ बुँदे राजनीतिक सहमति अनुसार संघीय संरचना निर्माण हुनुपर्ने माग राख्दै उनीहरुले बैठक बहिष्कार गरेका छन् ।
मस्यौदा समितिले तयार पारेको नयाँ संविधानको विधयेक पेश गर्न आह्वान गरिएको बैठकमा बोल्दै फोरम लोकतान्त्रिकका जितेन्द्र देवले बैठक बहिष्कार गरेको जनाए ।
उनले भने, “पहिचान र सामथ्र्यका आधारमा संघीयता आएन, यो बैठकमा बस्नुको औचित्य छैन ।” उनले बहिष्कार गरेको जनाएसँगै राष्ट्रिय मधेश समाजवादी, मधेशी जनाधिकार फोरम गणतान्त्रिक र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका सभासदहरु बैठकबाट बाहिरिएका छन् ।
पछिल्लो राजनीतिक छलफलहरुमा सक्रिय सहभागी बन्दै आएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने संविधानसभा बैठकमा गएका थिएनन् ।
यस्तै, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि बैठक बहिष्कार गरेको छ ।
राप्रपा नेपालको नाराबाजी
नयाँ संविधानको विधयेकमा विरोध जनाउँदै राप्रपा नेपालका सभासदहरुले संविधानसभा बैठकमा नाराबाजी शुरु गरेका छन् । हिन्दू धर्म सापेक्ष संविधान, संवैधानिक राजतन्त्रकाे माग राप्रपा नेपालले राख्दै अाएकाे छ ।
नाराबाजीबीच विधयेक पेश हुँदै
राप्रपा नेपालका सभासदहरुकाे नाराबाजीबीच मस्याैदा समितिका सभापति कृष्णप्रसाद सिटाैलाले संविधानसभामा विधयेक प्रस्तुत गर्न थालेका छन् ।
-कपिल भट्ट, काठमाडाैं
