समाचारबिहीबार, कार्तिक ३०, २०६९

मैथिल र भोजपुरी समाजमा भरद्वितीया मनाइयो

हिमालखबर

आफ्ना दाजुभाइको दीर्घायू तथा सुख, समृद्धिको कामना गर्दै ३० कार्तिकमा मैथिल समुदायमा भर द्वितीया पर्व मनाइएको छ ।

यसदिन घरघरमा दिदीबहिनीले आँगनमा पिठार (चामलको पिठो) को अर्पणा बनाई त्यसमाथि सिन्दूर र अविरले सजाएर राखिएको ठाउँमा काठको पिर्कामाथि दाजुभाइलाई बसाएर टीका लगाइदिने गर्दछन् ।

पूजाको क्रममा दाजुभाइहरु दुवै हात अञ्जली बनाएर बस्दछन् । त्यसमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिन्डोको फूल राखेर पवित्र जल हाल्दै धार्मिक विधिअनुरुप मन्त्रोच्चारणसहित दाजुभाइको तीनचोटी पूजा गर्दछन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>