समाचारशुक्रबार, मंसिर १, २०६९

भट्टराई सरकार रहेसम्म सहमति हुँदैनः नेता नेपाल

हिमालखबर

आफू प्रधानमन्त्री छँदा २२ दलको समर्थन हुँदाहुँदै पनि बजेट र संविधानका खातिर सहजरुपले राजीनामा गरेको स्मरण गर्दै नेता नेपालले वर्तमान प्रधानमन्त्रीले पनि संविधान, सहमति र आर्थिक संकट समाधानका साथै मुलुकको बृहत्तर हितका  लागि कुर्सी त्याग गर्नु जरुरी रहेको बताए ।

३० कार्तिकमा रिपोर्टर्स क्लबको टोलीसँग कुरा गर्दै नेता नेपालले सरकारलाई विस्थापित गर्न अब राष्ट्रपतिले पनि भूमिका खेल्नुपर्ने समय आएको भन्दै बाबुराम भट्टराईले सहमतिको सरकारका लागि आफैं मार्गप्रशस्त नगरे  विपक्षीदलरहरुको आन्दोलनले भट्टराइलाई सत्ताच्युत गरिने ठोकुवा गरे ।

“यो सरकार रहेसम्म कुनै पनि सहमति हुँदैन,” उनले भने, “नयाँ सरकार गठन गर्दा सहमतिमा जो पनि प्रधानमन्त्री हुन सक्नेछ, त्यसमा हाम्रो पार्टी खुल्ला छ ।”

प्रधानमन्त्री भट्टराइले सत्ता कब्जाको बन्दोबस्त गरेको भए पनि सफल हुन नसकेको दाबी गरे । उनले पूर्वप्रधानमन्त्री नेपालले सहमतिबिना पूर्ण बजेट नल्याउन पनि सत्तारुढ गठबन्धनको ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>