खेलकुदशुक्रबार, भाद्र ११, २०७२
नेपालद्वारा युएइ १४९ रनले पराजित
नेपालले एसीसी यु–१९ प्रिमियर क्रिकेटमा युएइलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ ।
मलेशियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १९९ रन बनाएको थियो।
नेपालका लागि यु–१९ टोलीका कप्तान राजु रिजालले ८४ बलमा ६२ रन बनाए। सौरभ खनालले २४ रन र अरिफ शेखले २२ रन बनाए।
त्यस्तै दीपेन्द्र सिंह ऐरीले २०, सन्दीप सुनारले १८ र दीपेश श्रेष्ठले नटआउट १२ रन बनाए।
सुनिल धमाला, राजवीर सिंह, योगेन्द्रसिंह कार्की, प्रेम तामाङ, सुशील कँडेलले दोहोर अंकमा रन बनाउन सकेनन्।
जवाफी ब्याटिङमा आएको युएइको यु–१९ टोलीका वरुन परेरा ३१ र जफारी १२ बाहेक अरु कुनै खेलाडीले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्।
२०.५ ओभरमा युएइ अल आउट हुनपुग्यो।
नेपालका सुशील कँडेलले ४ विकेट र सुनिल धमालाले ३ विकेट लिए भने प्रेम तामाङले २ विकेट लिएका थिए ।
