समाचारशुक्रबार, मंसिर १, २०६९

दाहालको आग्रह कोइरालाद्वारा अस्वीकार

हिमालखबर

१ मंसीर बिहान कोइराला निवास महाराजगन्ज पुगेका दाहालले बजेटको अभावमा आर्थिक सङ्कट निम्तिने भन्दै सरकारको बाध्यता बुझिदिन आग्रह गरेका थिए ।

जवाफमा सभापति कोइरालाले सहमतिबिना बजेट नल्याउन र  तत्काल नेपाली काँग्रेसको नेतृत्वमा सहमतिको सरकार गठन गरी निर्वाचनमा जानुपर्ने आवश्यकतामा जोड दिए ।

अध्यक्ष दाहालले बजेटमा सहमति जनाउन तथा छोटो समयका लागि संविधानसभा पुनःस्थापना गरी राजनीतिक अन्योल अन्त्य गर्न सकिने भनाइ राखेको भेटपछि सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

प्रतिपक्षी दलहरूले असहमति जनाएपछि तिहार अघि नै पूर्ण बजेट ल्याउने सरकारको प्रयास असफल भएको थियो । सरकारले अब केही दिनमै बजेट ल्याउने बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>