समाचारशुक्रबार, मंसिर १, २०६९

पाटन अस्पतालको आन्दोलन चर्कियो, आपत्कालीन बाहेक सबै सेवा ठप्प

हिमालखबर

१ मंसीरदेखि उनीहरुले उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै आपत्कालीन सेवा बाहेक अन्य सबै सेवा ठप्प पारेका छन् ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी सङ्घका अध्यक्ष चतुरनारायण चौधरीले आपत्कालीनबाहेक सेवा बन्द गरिए पनि आज टिकट काटिसकेका ओपिडीका बिरामीको उपचार गरिने जानकारी दिए  ।

उनले अस्पतालले दिने सेवा रोकिने बारेको सूचना आजै प्रकाशित गरी आइतबारदेखि अस्पतालको आपत्कालीनबाहेकका सम्पूर्ण सेवा बन्द गरिने बताएका छन् ।

प्रतिष्ठानमा सक्षम र योग्यता पुगेका चिकित्सक हुँदा हुँदै पनि बाहिरबाट ल्याएर शिक्षाध्यक्ष नियुक्त गरिएको साथै नयाँ शिक्षाध्यक्ष संगीता भण्डारीले अस्प्तालको आर्थिक कारोबारमा अनावश्यक हस्तक्षेप गरी भ्रष्टाचार गर्न खोजेको उनीहरुको आरोप छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>