समाचारशुक्रबार, मंसिर १, २०६९

एमाओवादी अध्यक्ष दाहालमाथि थप्पड प्रहार

हिमालखबर

अध्यक्ष दाहाललाई थप्पड हानेका पदमलाई एमाओवादी कार्यकर्ताले कुटेर घाइते पारेको अवस्थामा नियन्त्रणमा लि‌दै प्रहरी । तस्बीर: आनन्दराम डंगोल

एमाओवादी अध्यक्ष दाहाललाई थप्पड हानेका पदम कुँवरलाई एमाओवादी कार्यकर्ताले कुटेर घाइते बनाएपछि नियन्त्रणमा लि‌दै प्रहरी । तस्बीर:आनन्दराम डंगोल

१ मंसीरमा एमाओवादीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा दाहाललाई शुभकामना दिनभन्दै पुगेका बाग्लुङका पदम कुँवरले गालामा एक थप्पड हानेका हुन् । थप्पड हानेपछि दाहालको चश्मा भूईंमा खसेको थियो ।

थप्पड हान्दा वित्तिकै त्यहाँ उपस्थित अन्य कार्यकर्ताहरुले कुँवरलाई लछारपछार पार्दै कुटेर घाइते बनाएका छन् । अहिले कुँवरलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

दशैंदेखि छठसम्मका पर्वहरुको अवसरमा एमाओवादीले शुभकामना आदानप्रदान तथा चिया पान कार्यक्रमको आयोजना गरेको हो । सोही कार्यक्रममा दाहाललाई शुभकामना दिनभन्दै लाइनमा लागेका युवक कुँवरले दाहालसँग हात मिलाएलगत्तै जोडले थप्पड हानेका हुन् ।
थप्पड हान्नुको कारण भने खुल्न सकेको छैन ।

थप्पड हान्ने कुवँर वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ता रहेको बताइए पनि उनी आफ्ना कार्यकर्ता नरहेको नेकपा–माओवादीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>