समाचारशुक्रबार, भाद्र १८, २०७२
अनशनको १२ औं दिन डा केसी के भन्छन् ?
चिकित्सा शिक्षामा सुधारको माग गर्दै छैठौं पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले यसअघि भएका सम्झौताका सबै बुँदा कार्यान्वयनको सुनिश्चितता भएपछि मात्रै आन्दोलन टुंगिने बताएका छन् ।
आमरण अनशनको १२ औं दिन प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले राज्य गम्भीर भएर आम नेपालीका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पु¥याउन प्रतिवद्ध हुने हो भने आफूले राखेका माग पूरा गर्नु कुनै जटिल काम नभएको स्पष्ट पारेका छन् ।
“राज्यको जिम्मेवारी झण्डै तीन करोड नेपालीलाई शिक्षित र स्वस्थ पार्नु हो कि निहित स्वार्थका लागि भएका नियामक निकायहरुलाई थला पारेर शिक्षा र स्वास्थ्य सेवा नै धराशायी बनाउनु,” विज्ञप्तिमा उल्लेख छ ।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले नैतिकताच्यूत भएका पार्टी कार्यकर्ता भर्ना गर्दा गुणस्तर खस्केर दलाली हावी हुन पुगेको भन्दै भावी पुस्ताले आफूले पाएको भन्दा कमसल शिक्षा र स्वास्थ्य सेवा पाउने अवस्था सिर्जना गरिएको बताएका छन् ।
उनले आन्दोलनलाई टुंगोमा पुर्याउन सबै क्षेत्रबाट सहयोगको अपेक्षासमेत गरेका छन् ।

