समाचारशुक्रबार, भाद्र १८, २०७२

आन्दोलनकारीले ढुंगा हान्दा बाँकेमा एकजनाको मृत्यु

हिमालखबर

बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डमा आन्दोलनकारीले हानेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मोटरसाइकलमा कोहलपुरबाट नेपालगञ्जतर्फ गइरहेका नौवस्ता–२ का २२ वर्षीय करण सिंहको आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । ढुंगा लागेपछि उनलाई उपचारका लागि कोहलपुर ल्याउँदै गर्दा मृत्यु भएको हो । मृतक सिंहको छाती लगायतका शरीरका अन्यभागमा चोट लागेर मृत्यु भएको चिकित्सकले बताएका छन् ।

सोही मोटरसाइकलमा पछाडि बसेका २३ वर्षीय विनोद शाही र मनोज बिसी घाइते भएका छन् । घाइते विनोदको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने अर्का  घाइते मनोज बिसी आन्दोलनकारीको डरले भागेको र सम्पर्कमा आउन नसकेको प्रहरीले जनाएको छ  । उनको खोजी भइरहेको छ ।

यसअघि आजै वर्दियाको मैनापोखरमा आन्दोलनकारीले प्रहार गरेको गोली लागी प्रहरी हबल्दार देबराज पाण्डेको मृत्यु भएको थियो ।

केशव राना, बाँके

सच्याइएको

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>