समाचारशुक्रबार, भाद्र १८, २०७२

बाँकेः मधेशी मोर्चाका २३ कार्यकर्ता पक्राउ

हिमालखबर

सीमाङ्कनको विरोधमा उत्रेका मधेशी मोर्चाका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु भएपछि अनुसन्धानका क्रममा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।

घटनास्थल बाँकेको गनापुर–२ पिप्रहवामा विरोध प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायव उपरीक्षक राजीभ वस्नेतले जानकारी दिए ।

१८ भदौ दिउँसो करिब ३ः१५ बजे मोटरसाइकलमा कोहलपुरबाट नेपालगञ्जतर्फ गइरहेका बाँके नौवस्ता–२ का कर्ण सिंहमाथि प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागि मृत्यु भएको हो ।

तीनजना सवार मोटरसाइकलमा पछाडि बसेका विनोद शाही र मनोज बिसी भने सामान्य घाइते भएका छन् ।

मोटरसाइकल सहित तीनैजना लडेपछि घाइतेद्वयले मृतक सिंहलाई बोकेर कोहलपुर अस्पतालमा ल्याएका थिए । अस्पतालमा पुगेलगत्तै चिकित्सकले सिंहलाई मृत घोषित गरे ।

घाइतेमध्येका शाही अहिले प्रहरी सुरक्षामा छन् भने बिसी सिंहलाई अस्पताल पुर्‍याएलगत्तै सम्पर्कविहिन भएका छन् ।  उनी डराएर भागेको हुनसक्ने अर्का घाइते शाहीले बताए ।

अहिले नेपालगञ्ज विमानस्थल नजिक राँझामा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको खबर प्राप्त भएको छ ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>