समाचारशनिबार, भाद्र १९, २०७२
बर्दियामा बन्द खुकुलोे
थरुहटसंघर्ष समितिले कृष्ण अष्टमीको अवसरमा दुई दिनका लागि बर्दिया बन्द खुकुलो पारेको छ ।
कृष्णअष्टमी पर्वलाई ध्यानमा राखी भदौ १९ र २० गते दुई दिनका लागि बन्द खुकुलो पार्दै मोटरसाईकल र बजार खुला गर्ने निर्णय गरिएको थारु संघर्ष समिति बर्दियाका प्रवक्ता देबमान चौधरीले जानकारी दिए ।
थरुहटले आव्हान गरेको बन्दको २६ औँ दिन आज विहानैदेखि सडकमा मोटरसाईकल चल्न थालेका छन् । बजार पनि खुलेका छन् । सडक–बजारमा मानिसको चहलपहल बढेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले सदरमुकाम गुलरीया र राजापुरमा लगाएको निषेधाज्ञा भने अर्को सुचना जारी नहुँदा सम्मका लागि जारी छ । सभा, जुलुस लगाएतका कार्यक्रम गर्न निषेध गरीएको छ ।
बर्दियाको मैनापोखरमा हिजो १८ भदौमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरी हवल्दारको मृत्यु भएको थियो ।
भावुक योगी, बर्दिया
