समाचारशनिबार, भाद्र १९, २०७२
बाराको इटहरमा स्वाइन् फ्लूको कहर
बाराको नरहीस्थित ईटहर गाउँमा स्वाइन फ्लुबाट बालबालिकादेखि गर्भवतीसम्म थलिएका छन् ।
बिरामीमध्ये १६ जनाको रगत परीक्षण गर्दा १२ जनामा स्वाइन फ्लू (एचवनएनवन) को संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका राष्ट्रिय इन्फेलुन्जा फाँट प्रमुख विष्णुप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
बन्दका कारण औषधी ल्याउन कठिनाइ भएपछि अहिले नरही बस्ती नैं संक्रमणको डरले आतंकित बन्न पुगेको छ ।
एक सय ७५ घरधुरी रहेको वस्तीमा झन्डै सय परिवारमा एचवनएनवनको लक्षण देखापरेको हो ।
भारतको दिल्ल्ली पुगेका युवाहरु गाउ“ फर्किएपछि संक्रमण फैलिएको स्थानीयको दाबी छ ।
घरै पिच्चे रुघा, खोकी, ज्वरोको प्रकोप देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय बाराको सहयोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले रगत परीक्षण गरेको थियो ।
श्याम गुप्ता, बारा
