समाचारआइतबार, भाद्र २०, २०७२
डा. केसीले १४ दिन पछि अनशन तोडे

तस्वीर: देवकी बिष्ट
स्वास्थ्य शिक्षामा भइरहेको वेथिति रोक्न र माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनको माग गर्दै १४ दिनदेखि अनशनमा रहेका प्रा. डा. गोविन्द केसीले अनशन तोडेका छन् ।
आज, २० भदौ दिउँसो तीन बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका दुई बिरामी १८ महिनाकी सुवानी उप्रेती र डोल्पाका पूर्ण लामाको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।
उनले अदशन तोड्दा सरकारका मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्यमन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ पनि उपस्थित भएका थिए ।
१९ भदौ राति सरकारका प्रतिनिधिहरुसँग ११ बुँदे सहमति भएपछि केसीले अनशन तोडेका हुन् । सहमति हिजै भए पनि आज एक दिन उनले मुलुकमा भइरहेको हिंसाको विरोधका साथै शान्ति र भाइचाराका लागि भन्दै उपवास बसेका हुन् ।
उनी ७ भदौदेखि छैटौं पटक अनशन बसेका थिए ।
