समाचारसोमबार, भाद्र २१, २०७२

एमालेका दलित सभासदले संशोधन प्रस्ताव फिर्ता लिए

हिमालखबर

नेकपा एमालेका दलित सभासदहरुले संविधानसभामा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका छन् ।

नयाँ संविधानको विधेयकमा असन्तुष्टि जनाउँदै १९ भदौमा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका हुन् । सभासद जितु (दर्जी) गौतमका अनुसार संविधानसभा सचिवालयमा दर्ता गराएको संशोधन फिर्ता २१ भदौमा फिर्ता लिइएको छ ।

एमालेबाट संविधानसभामा प्रतिनीधित्व गर्ने १२ जना दलित सभासदका तर्फबाट सभासद गौतम र दलबहादुर सुनारले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

गौतमले हिमालखबरसँग भने, “पार्टीको निर्देशन अनुसार फिर्ता लिएका हौं ।, अध्यक्षले संविधान संशोधन गरेर दलित समुदायको अजेण्डा संविधानमा समेटिने आश्वासन दिनुभएको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>