समाचारसोमबार, भाद्र २१, २०७२
कांग्रेस पार्टी कार्यालयमा आगजानी
संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा आगजानी गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले पार्टी कार्यालयमा आगो लगाएको प्रशासनले जनाएको छ । अहिले आगो निभाउन दमकल परिचालन गरिएको छ ।
२४ दिनदेखि बन्दको आह्वानसहित प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले पार्टी कार्यालयमा आगजानी गरेका हुन् । प्रदर्शनकारी तोडफोड र आगजानीमा उत्रेपछि प्रशासनले प्रहरी परिचालनलाई बाक्लो बनाएको छ ।
