समाचारसोमबार, भाद्र २१, २०७२

कांग्रेस र एमाओवादीका शीर्ष नेतृत्वबीच छलफल

हिमालखबर

पछिल्लो राजनीतिक अवस्थाबारे नेपाली कांग्रेस र एमाओवादीका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा तथा संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौला र वनमन्त्री महेश आचार्यलगायतको सहभागिता थियो ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, संवैधानिक राजीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठको सहभागिता थियो ।

बैठकपछि उपसभापति पौडेलले पछिल्लो राजनीतिक अवस्थाबारे दुई दलबीच छलफल भएको बताए । २२ भदौदेखि सुरु हुने संविधानसभाको बैठक, संविधानको मस्यौदामाथि दलहरुले पेस गरेका संशोधन प्रस्ताव, तराई–मधेस केन्द्रित दलको आन्दोलनलगायत विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वनमन्त्री आचार्यले दलहरुबीच सहमति, सहकार्य र एकताबाट नै संविधान जारी गर्ने सहमति भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>