समाचारमंगलबार, भाद्र २२, २०७२

संशोधनकै बीचमा सहमति खोज्नुस्ः सभाध्यक्ष नेम्बाङ

हिमालखबर

nembangसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकहरूसँग २२ भदौमा छलफल गरेका छन् ।

संविधानको विधेकमाथि असन्तुष्टि जनाउँदै केही दलहरू संविधान निर्माणको प्रक्रियाबाट बाहिरिएपछि अध्यक्ष नेम्वाङले प्रमुख दलहरूसँग छलफल गरेका हुन् ।

छलफलपछि आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले भने, “विजयकुमारजी, राप्रपा नेपाल, मधेशी दलहरू लगायतले राखेका असन्तुष्टि र स्थितिको बारेमा ध्यानाकर्षण गराएको छु ।”

साँघुरो सीमा भए पनि असन्तुष्ट सबैसँग छलफल गरेर संशोधनको प्रक्रियाका बीचमै उपयुक्त समाधानको बाटो खोज्न दलहरूलाई आग्रह गरेको उनले बताए ।

सकेसम्म सबैलाई समेटेर संविधान जारी गर्न उपयुक्त हुने भन्दै उनले थपे, “तपाइँहरूको अगाडि साँघुरो सीमा छ, कतै संशोधन प्रक्रियाकै बीचमा मिलाउने ठाउँ छ भने समाधान खोज्नुहोस्, मैले दलहरूलाई आग्रह गरेको छु ।”

नेम्वाङले नेताहरुलाई आफूले भनेका कुरा दोहो¥याए, “विजयजीले सभाध्यक्षले पहल गरे आउँछु भन्नुभएको छ, दलहरूलाई आवश्यकपरे म पनि सहजीकरण गरांैला सहमतिका लागि प्रयास गर्नुस् ।”

बैठकमा कांगेसका रामचन्द्र पौडेल, एमालेका केपी ओली र विद्या भण्डारी, एमाओवादीका पुष्पकमल दाहाल र बाबुराम भट्टराई साथै प्रमुख चार दलका सचेतकहरु थिए ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्यका कारण उपस्थित नभएको अध्यक्ष नेम्बाङले जानकारी दिए ।

शीर्ष नेताहरूले जवाफमा आजै केही नेताहरूसँग छलफल गरेको र थप छलफल गरी समस्याको समाधान पहिल्याउन लागिपर्ने बताएको पनि उनले जानकारी दिएका थिए ।

उनले भदौ मसान्तसम्म कुनैपनि हालतमा संविधान जारी हुने पनि बताएका थिए ।
कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>