समाचारबुधबार, भाद्र २३, २०७२

भारदहमा प्रहरीको गोलीबाट एकको मृत्यु, कर्फ्यू लगाइयो

हिमालखबर

सप्तरीको भारदहमा २३ भदौ विहान प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ ।

विहानैदेखि प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि सप्तरीको पोर्ताहा–२ का ६० वर्षीय रामकिसुन राउतको मृत्यु भएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भारदहमा विहानैदेखि  प्रदर्शन भइरहेको र प्रहरीमाथि ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको बताए ।

घट्नापछि स्थानीय प्रशासनले भारदहमा दिउँसो २ बजेदेखि भोली २४ भदो विहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।

पूर्वमा कंकालिनी मन्दिरदेखि ५ सय मिटर पूर्वसम्म, पश्चिममा टेम्पो स्टेन्डदेखि ५ सय मिटर पश्चिमसम्म, उत्तरमा पोर्ताहा हटियादेखि ५ सय मिटर उत्तरसम्म र दक्षिणमा सकरदही पुलदेखि तीन सय मिटर दक्षिणसम्मको क्षेत्रमा कफर्यू आदेश जारी गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । उनका अनुसार सुरक्षा समितिको बैठकले सप्तरी जिल्लाको पूर्व–पश्चिम राजमार्गमा आज रातिदेखि लागू हुने गरी निषेधाज्ञा समेत जारी गरिएको छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि पूर्वमा कोशी व्यारेजदेखि पश्चिममा बलान नदीसम्म निषेधाज्ञा जारी गरिएको पौडेलले बताए ।

यसअघि १ भदौमा भारदहमै प्रहरीको गोली लागि राजीव राउतको मृत्यु भएको थियो ।
श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>