समाचारशनिबार, मंसिर २, २०६९
वडास्तरीय चुनाव जित्न नसक्नेहरु मन्त्री हुँदा समस्या: ज्ञवाली
एमाले पाल्पा जिल्ला कमिटीले २ मंसिरमा तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका नेता ज्ञवालीले बिपक्षीलाई भुलाउन एमाओवादीले रोजेको मन्त्रालय दिने प्रस्ताव ल्याएको बताए । सरकारले सहमति भन्दा पनि द्वन्द्व निम्त्याउने काम गरेको उनको भनाई थियो ।
एमाओवादीले ढोका थुनेर चुक्कल लगाउँदै बार्तामा बोलाएर सहमतिको नाटक गरेको उनले दाबी गरे । उनले सरकारसँग सम्बादको माध्यमबाट सहमति निस्किने सम्भावना नदेखिएकाले आन्दोलन र दबावबाटै सहमति खोज्ने प्रयास भैरहेको जानकारी दिए ।
नेता ज्ञवालीले बैशाखमा निर्वाचन, संबिधान संशोधन, सहमतिको सरकार, बजेट र अन्तरिम ब्यबस्थापन गर्नका लागि सरकारले मार्ग प्रशस्त गरेमात्रै शान्ति र संबिधान सम्भब रहेको धारणा राखे ।
देव पचभैया, पाल्पा
