समाचारबुधबार, भाद्र २३, २०७२

तीन दल बैठकः आन्दोलनरत दलहरुलाई वार्ताका लागि फेरि बोलाइने

हिमालखबर

तीन प्रमुख दलको बैठकले सीमाङ्कनप्रति असन्तुष्टि देखाउँदै आन्दोलनमा रहेका दलहरुलाई वार्ताका लागि पुनः बोलाउने निर्णय गरेको छ ।

२३ भदौ साँझ अवेर संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकले आन्दोलनरत दलहरुलाई अन्तिम पटक वार्ताका लागि आह्वान गर्ने निर्णय भएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

जारी बैठकबाट बाहिर निक्लिएका पौडेलले भने, “आन्दोलनरत दलहरुका लागि पनि यो अन्तिम अवसर हो, उनीहरु आफ्ना शर्तहरु सबै वार्ता–बैठकमै राख्ने गरी छलफलका लागि आउनुपर्छ ।”

बैठकले केही बेरमै तीन दलका तर्फबाट वक्तव्य समेत जारी गर्ने जानकारी दिंदै पौडेलले संविधान निर्माणको जारी प्रक्रिया भने नरोकिने बताए ।

“अहिले देशलाई आन्दोलन होइन संविधान चाहिएको छ, लोकतान्त्रिक संविधान जारी गर्न सबैले सहयोग गर्नुपर्छ, संशोधनका प्रशस्तै विकल्पहरु सँधै रहन्छन,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>