समाचारबुधबार, भाद्र २३, २०७२

आन्दोलनरत दलहरुलाई वार्तामा आउन तीनदलको संयुक्त अपील (वक्तव्यसहित)

हिमालखबर

प्रमुख तीन दलले आन्दोलनरत दलहरुलाई निशर्त वार्तामा आउनका लागि संयुक्तरुपमा अपील गरेका छन् ।

२३ भदौ साँझ संविधानसभा भवनमा नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले संयुक्त अपील गरेको हो ।

सरकारका तर्फबाट प्रधानमन्त्रीले पटकपटक वार्ताका लागि आग्रह गरेको र अनौपचारिक रुपमा पनि कुराकानी भइरहेको स्मरण गराउँदै अपीलमा लोकतन्त्र र राष्ट्रिय हितको व्यापक आवश्यकतालाई महशुस गरी वार्ता र संवादमा आउन भनिएको छ ।

“देशको कमजोर अर्थतन्त्रमा झन गम्भीर असर पर्ने तथा सर्वसाधारण जनतामा ठूलो कष्ट हुने बन्द र आमहडताल जस्ता कार्यक्रम फिर्ता लिन, सार्वजनिक र सरकारी कार्यालय तथा नीजि सम्पत्तिको तोडफोड र हिंसात्मक क्रियाकलाप तर्फ आन्दोलनलाई जान नदिन र सबै समस्याको समाधान शान्तिपूर्ण लोकतान्त्रिक तवरबाट खोज्न तत्काल वार्तामा आउन हामीहरु सम्बद्ध सबै राजनीतिक दलहरुलाई हार्दिक अपील गर्दछौं,” तीन दलका प्रमुखले हस्ताक्षर गरेको संयुक्त अपीलमा उल्लेख छ ।
bigyapti

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>