समाचारशनिबार, मंसिर २, २०६९

रहेनन् बाल ठाकरे

हिमालखबर

भारतीय धार्मिक- राजनीतिक संगठन शिव सेनाका प्रमुख ८६ वर्षीय ठाकरे विगत केही दिनदेखि विरामी थिए । उनको मृत्यु हृदयघातका कारण भएको उपचारमा संलग्न चिकित्सकले वताएका छन् ।

ठाकरेको निधनपश्चात शिव सेनाका कार्यकर्ताहरुको ठूलो भिड उनको निवास ‘मोतिश्री’ बाहिर शोकमग्न जम्मा भएको छ । उनको पार्थिव शरीरलाई ३ मंसीरमा स्थानीय शिवाजी पार्कमा अन्तिम दर्शनका लागि राखिने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय समाचारपत्र फ्रि प्रेस जर्नलमा कार्टुनिष्टका रुपमा आफ्नो करिअर शुरु गरेका ठाकरेले सन् १९६६ मा हिंदुवादी संगठन शिव सेनाको स्थापना गरेका थिए । कट्टर हिंदुवादी ठाकरेले महाराष्ट्रका पक्षमा दिने गरेका बयानहरुले बेलाबेला उनी जातिवादी भएको देखिन्थ्यो । उनले आफूलाई हिटलरको प्रशंसक भन्न रुचाउँथे ।

महाराष्ट्रको राजनीति र समाजलाई पर्दापछाडी रहेर प्रभावित पारिरहने ठाकरे उनको पर्दापछाडिको ‘शक्ति’ का कारण सँधै विवादमा तानिइरहे । ठाकरेको निधनपश्चात भारतीय राजनेताहरुले शोक वक्तव्य जारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>